काठमाडौं । चारैतिर विरोध भइरहेको बेला सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गरिएको छ ।

नेपाल बार एसोसिएनले सर्वोच्चभित्र कोणसभा गरिरहेका बेला सर्वोच्च मुल गेटबाहिर केही युवाहरु मोटरसाइकलमा आएर होहल्ला गरेका हुन् ।

उनीहरुले इजलास तत्कााल खुलाउनुपर्ने भन्दै कानुन व्यवसायीविरुद्ध नाराबाजी गरेको जानकारी दिइएको छ । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा पनि नाराबाजी गरेका हुन् ।

मोटरसाइकलमा आएका केही युवाहरुले सर्वोच्च अगाडि जबराको पक्षमा नारा लगाएको त्यहाँ भएका कानुन व्यवसायीहरुले जानकारी दिएका छन् ।

लामो समयदेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलन भइरहेको छ ।

आज नै चोर बाटोबाट अदालत प्रवेश गर्नुभएका प्रधानन्यायाधीश जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।

प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा पेसी तोक्नुभएको हो । उहाँले आज आफ्ना लागि भने कुनै इजालास पेसी तोक्नुभएको छैन ।

सम्बन्धित खबरहरु