काठमाडौं । रोल्पामा आइतबार बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।

जीप दुर्घटनामा माडी गाउँपालिका– ६ का ५१ वर्षिया रुद्र घर्ती, ४७ वर्षिया चौसरा कामी, ५५ वर्षिया टेकबहादुर पुनको घटनास्थलमा मृत्यु भएको थियो ।

यस्तै, सोही स्थानका १८ वर्षिया लिला पुन मगरको भने उपचारको क्रममा मृत्यु भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।

जिपमा सवार ६ जनामध्ये अब २१ वर्षिया बिना घर्ती र ६१ वर्षिया पञ्चना विकको उपचार भइरहेको छ । घर्तीको स्वास्थ्य अवस्था गम्भिर रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित खबरहरु