काठमाडौं । नेकपा महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले माओवादी केन्द्रसँग एकता गर्ने जानकारी दिनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विप्लवले माओवादी केन्द्रसँग एकता गर्ने बताउनु भएको हो ।

तर, त्यसका लागि माओवादीले जनाताका पक्षमा काम गर्नु पर्ने सर्त उहाँको छ । धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौं राष्ट्रिय सम्मेलनमा विप्लवले एकता सम्भव रहेको स्पष्ट पार्नुभएको हो ।

उहाँका अनुसार माओवादी केन्द्रसँग एकता सम्भव छ । तर त्यसका लागि जनताको पक्षमा काम गर्नुपर्छ । आफुहरु पद, पैसा र कुर्सीको प्रलोभनमा परेर एकता नगर्ने पनि उहाँले प्रष्ट पार्नुभयो ।

विप्लवले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएका सहमति अहिलेको सरकारले कार्यान्वयन नगरेको पनि उल्लेख गर्नुभएको छ । गठबन्धन सरकारसँग ती सर्तहरू पूरा गर्न महासचिव चन्दको आग्रह छ ।

एक फरक प्रशंगमा उहाँले हालै सरकारले पेट्रोलियम पदार्थमा वृद्धि गरिको शुल्क पनि फिर्ता गर्न माग गर्नुभयो । शनिबार बिहान कैलाली कारागारका कैदीबन्दीहरूसँग समेत भेटघाट गर्दै त्यहाँको अवस्थाका विषयमा जानकारी पनि लिनु भएको थियो ।

सम्बन्धित खबरहरु