काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति करिब १ बजेतिर सो दुर्घटना भएको हो ।

 

ललितपुर प्रहरीका अनुसार बागमती प्रदेश ०२–०२६ प ८१५५ नम्बरको स्कुटर दुर्घटनाग्रस्त भएको हो । सो दुर्घटना हुँदा ललितपुरको लामाटार बस्ने ३७ वर्षीय विनोद बुढाथोकीको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त स्कुटर नजिकै घाइते अवस्थामा फेला परेका बुढाथोकीको मृत्यु भएको हो । उनलाई उपचार गर्न ग्वार्कोस्थित बी एण्ड बी अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो ।

सम्बन्धित खबरहरु