काठमाडौं । देशको राजधानी असुरक्षित बन्दै गएको कुरा पछिल्ला समय खुबै चर्चामा रहने गरेको छ । यो बीचमा प्रहरीले काठमाडौंको थापाथलीबाट एयर गनसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने व्यक्ति काठमाडौं महानगरपालिका–११ थापाथली डेरा गरी बस्ने कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथ रहनु भएको छ ।

उहाँले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गरेको थियो ।

उक्त तलासमा सो हतियार फेला पारी शनिबार साँझ उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दियो । उनले हतियार किन राखेका हुन् भन्ने विषयमा केहि खुल्न सकेको छैन । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु