काठमाडौं । भीषण हिमपहिरो झरेपछि हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रमा तनाव उत्पन्न भएको छ । त्यहाँको टुकुचे हिमालमा हिमपहिरो जाँदा १५० भन्दा धेरै चौरीगाई हराएका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार थासाङ गाउँपालिका कोबाङ माथि पर्ने टुचुके पिकबाट हिमपहिरो खसेको हो । प्रजिअ शर्माले भन्नुभयो “अहिलेसम्म कुनै भौतिक तथा मानवीय क्षति भएको जानकारी छैन ।”

जिल्लाको थासाङ गाउँपालिका–२ नाउरीकोटको सिरानमा पर्ने मानापाथी हिमालको फेदीबाट भीषण हिमपहिरो झरेपछि भागदौड मच्चिँदा घाइते हुनेको संख्या ११ पुगेको हो ।

नाउरीकोटस्थित रमला तुलाचनको घरको छानो उडाएको पनि प्रहरी प्रमुख दानीले बताउनुभयो । उहाँका अनुसार पहिरोका कारण बोक्से खोलाको पानी धमिलो भएको छ ।

बस्तीमाथिको हिमालबाट हिमपहिरो झरेको ठूलो आवाज आएपछि फेदीमा पर्ने कोवाङ गाउँस्थित जनआदर्श माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरूबीच भागदौड मच्चिएको थियो । भागदौडमा घाइते भएकाहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।

अहिलेसम्म अन्य क्षतिको विवरण आइसकेको छैन, सुरक्षा समितिका सबै हामी घटनास्थल नजिकै छन् । थासाङ गाउँपालिका–२ का अध्यक्ष नरप्रसाद हिराचनका अनुसार दुई परिवारको चौरी गोठ पहिरोले पुरेको छ ।

दुई जना कृषक सकेन्द्र गौचन र भीमप्रसाद थकालीले त्यस क्षेत्रमा १५० चौरी पालेकोमा आइतबार मध्यान्ह पौने १२ बजे हिमपहिरो जाँदा सबै चौंरी पुरिएको अध्यक्ष हिराचनले बताउनुभयो । वडा अध्यक्ष हिराचनका अनुसार हिमपहिरो जाँदा रत्नदेवी तुलाचनको घरमा क्षति भएको छ ।

प्रदेश सांसद महेन्द्र थकाली, चन्द्रमोहन गौचन, सुरक्षा समिति मुस्ताङका सदस्यहरु सबै घटनास्थलमा पुगेको गण्डकी प्रदेशसभा सांसद चन्द्रमोहन गौचनले बताउनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु