काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकसाथ विभिन्न तहको नतिजा प्रकाशित गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानल डीनको कार्यालय परीक्षा शाखा बल्खुले नतिजा प्रकाशित गरेको हो ।

परीक्षा शाखा बल्खुद्धारा २०७८ साल श्रावन महिनामा सञ्चालन भएको स्नातकोत्तर तह (भूगर्भ शास्त्र विषय दोश्रो वर्ष तेश्रो शत्र २०७५ र जल तथा मौसम विज्ञान विषय दोश्रो वर्ष तेश्रो शत्र २०७५) समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित भएको हो । त्रिविका अनुसार लव्धांक पत्र सम्बन्धित केन्द्रीय विभाग वा क्याम्पसबाट प्राप्त गर्न सकिनेछ ।

त्रिविले परीक्षाफल सकेसम्म त्रुटिरहित होस् भन्ने उदेश्य राखेर प्रकाशित गरिएको बताउँदै छपाई तथा अन्य कुनै कारणबाट त्रुटी भएमा सच्याउने पनि स्पष्ट पारिएको छ ।

नतिजा मन नपरेर पुनर्योग गर्न चाहनेहरुले नतिजा प्रकाशित भएको मितिले २० दिनभित्र आवेदन दिनुपर्नेछ । तपाईंलाई जानकारी गराउ त्रिविले गत २५ गते परीक्षाफल जारी गरेको हो ।

सम्बन्धित खबरहरु