काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा कसैसँग पनि गठबन्धन नगर्ने बताउनु भएको छ ।

आइतबार (आज) बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिदै सभापति देउवाले आगामी चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै सहमति नभएको बताउनु भएको हो ।

प्रधानमन्त्री देउवाले कसैसँग पनि गठबन्धन नहुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘एक्लै लड्ने हो । गठबन्धन गर्ने भनेर कसैसँग कुनै सहमति भएको छैन ।’

उहाँले गठबन्धन दलहरुबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रियसभा चुनावसम्ममात्रै सक्रिय हुने जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु