काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । कास्कीको पोखरा–१७ फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको हो । भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेजमा अध्यनरत विद्यार्थीको मृत्यु भएको छ ।

एमबिबिएस प्रथम वर्षमा अध्ययनरत वर्ष २२ को विश्वास पुनीको पौडी खेल्न क्रममा खोलामा डुबेर मृत्यु भएको हो । पौडी खेल्ने क्रममा बेपत्ता भएका विश्वासलाई प्रहरी टोलीले खोजी गर्ने क्रममा १० मिटर तल फेला पारिएको थियो ।

तत्कालै उनलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दियो । घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबरहरु