काठमाडौं । न्युजिल्यान्डलाई हराउँदै अष्ट्रेलियाले विश्वकप उपाधि जितेको छ । आईसीसी टी–२० विश्व कप २०२१ को फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले हराउँदै उपाधि हात पारेको हो ।

न्युजिल्यान्डले दिएको एक सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले मात्रै दुई विकेट गुमाएर सात बलअघि नै भेटायो । अष्ट्रेलियाका लागि डेभिड वार्नर ५३ रन बनाएर आउट भए भने मिचेल मार्शले ७७ रन र ग्लेन म्याक्सवेलले २८ रन बनाउन सफल भएका हुन् । बलिङतर्फ ट्रेन्ट बोल्टले दुई विकेट लिए ।

यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रन बनाएको थियो । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसन एक्लैले ८५ रन बनाए भने मार्टिन गुप्टिलले २८ र ग्लेन फिलिप्सले १८ रन बनाउन सफल भएका थिए ।

बलिङतर्फ जोश हेजलवूडले तीन विकेट र एडम जम्पाले एक विकेट लिए । यो जितसँगै टी–२० विश्व कपले नयाँ च्याम्पियन पाएको छ । फाइनल खेल अस्ट्रेलिया र न्युजिल्यान्डबीच तय भएसँगै टी–२० विश्व कपले नयाँ च्याम्पियन पाउने पक्का भएको थियो ।

सम्बन्धित खबरहरु