काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना जारी गरेको छ ।

आजको गोरखापत्र दैनिकमा प्रकाशित सूचनामा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरणबाट २०७६÷०३÷१३ मा प्रकाशित निम्नलिखित विज्ञापन नं. अनुसारका पदहरूमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लोक सेवा आयोगबाट लिइएको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरू मध्ये निम्नलिखित रोल नं. र वर्णानुक्रमानुसार नाम, थर भएका उम्मेदवारहरू अन्तर्वार्ताका लागि छनोट भएको हुँदा अन्तर्वार्ता परीक्षा हुने दिन आफूले पेस गरेका सक्कल प्रमाणपत्र र प्रवेश–पत्र साथमा लिई तोकिएको समयभन्दा १ घण्टा अगावै नेपालविद्युत प्राधिकरण, प्रधान कार्यालय, काठमाडौँस्थित पदपूर्ति विभागमा उपस्थित हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

 

सम्बन्धित खबरहरु