काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा आवेदन फारम भर्न थपेको म्याद सकिदैँछ । स्नातक तह तेश्रो वर्ष र चौथो वर्षको परीक्षा दिने परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फारम भर्न थप गरिएको म्याद सकिन लागेको हो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ सालमा सञ्चालन हुने ३ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा दिने शिक्षाशास्त्र संकाय तर्फका आंशिक परीक्षार्थी र मानविकी संकाय तर्फका नियमित, आंशिक तथा प्राइभेट परीक्षार्थीहरुको फारम भर्ने म्याद यही कार्तिक १७ सम्म दिएको थियो ।

तर सो समयमा विदा परेको हुँदा उक्त समयलाई संसोधन गरेर कार्तिक मसान्त सम्म समय थप गरिएको थियो । कार्तिक मसान्तपछि एक हप्तासम्म फारम भर्न सकिन्छ तर त्यसका लागि तोकिएको भन्दा दोब्बर शुल्क लाग्ने पनि त्रिविले जानकारी दिएको छ । त्रिविका अनुसार प्राविधिक समस्या आउने भएका कारण मंसीर ५ गतेदेखि दोब्बर शुल्कका लागि भर्ना खुला गरिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु