काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा आवेदन फारम भर्न थपेको दोब्बर दस्तुरको म्याद सकिदैँछ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रणन कार्यालय, बल्खुद्धारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ सालमा सञ्चालन हुने स्नातक तह चौथो वर्षको परीक्षा दिने व्यवस्थापन तथा शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विद्यार्थीहरुका लागि थप गरिएको म्याद सकिनै लागेको हो । नियमित तथा आंशिक परीक्षार्थीहरुको फारम भर्ने म्याद कार्तिक १० गतेसम्म दिइएको थियो ।

तर सो समय विदाको समय भएका कारण म्याद थपेर कार्तिक ११ देखि १७ सम्म नियमित शुल्कमा परीक्षा फारम भर्ने व्यवस्था गरिएको थियो । तर केहि विद्यार्थीहरुले सो समय अवधिमा पनि परीक्षा फारम भर्न सकेका थिएनन् ।

त्यसकारण दोब्बर दस्तुरमा परीक्षा फारम भर्ने मिति कार्तिक मसान्तसम्म तोकिएको थियो । केहि प्राविधिक समस्याका कारण दोब्बर दस्तुर तिरेर लिइने परीक्षा फारम यही २५ गतेदेखि शुरु भएको छ । केहि दिन बाँकी रहेका कारण परीक्षार्थीहरुलाई तत्काल फारम भर्न त्रिविले सल्लाह दिएको छ ।

सम्बन्धित खबरहरु