काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखाले नतिजा प्रकाशन सम्बन्धि सूचना जारी गरेको हो ।

त्रिविले स्नातकोत्तर तह दोस्रो सेमेष्टरको परीक्षाफल पुनर्योगको नतिजा प्रकाशन गरिएको सूचना जारी भएको हो ।

सो संकायद्धारा २०७८ साल असोज २० गते प्रकाशित एम.एड. दोस्रो सेमेष्टर परीक्षाफलको प्राप्ताङ्क मन नपरेर पुनर्योगको लागि आवेदन दिएकाहरुको परिमार्जित नतिजा प्रकाशित गरिएको हो ।

तल उल्लेख भएका रोल नम्बर भएका परीक्षार्थीहरुलाई शिक्षाशास्त्र संकाय डीनको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

अर्कोतिर, त्रिविले एम.एड. तहमा परिमार्जित पाठ्यक्रम लागू सम्बन्धी सूचना पनि जारी भएको छ ।

त्यस्तै, दुई सेमेष्टरमा सञ्चालित अधिस्नातक तह को प्रवेश परीक्षा रद्द गरिएको सूचना पनि त्रिविले जारी गरेको छ ।

सम्बन्धित खबरहरु