काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग वार्ता नगर्न स्पष्ट पारेको छ । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरासँग सम्वाद गर्नुको कुनै औचित्य नरहेको जानकारी दिनुहुँदै यस्तो जानकारी दिनु भएको हो ।

आज बिहान प्रधानन्यायाधीश जबराले आन्दोलित कानुन व्यवसायीहरुलाई सम्वादका लागि आह्वान गर्नुभएको थियो ।

सर्वोच्च अदालत परिसरमा बारको नेतृत्वमा कानुन व्यवसायी धर्नामा बसिरहेको बेला जबराले विज्ञप्ति मार्फत सम्वादमा आउन आह्वान गर्नुभएको थियो । यता, बारका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरासँग वार्ता गर्न तयार नभएकाले राजीनामा दिएर निकास गर्नुपर्ने बताउनुभयो ।

‘हामी वार्तामा बस्दैनौं,’ उहाँले भन्नुभयो, ‘तत्काल उहाँले राजीनामा दिनुपर्छ ।’ सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले नेपाल बारका पदाधिकारीलाई वार्ताका लागि आह्वान गर्नुभएको थियो ।

जबराले सोमबार एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि आव्हान गर्नुभएको हो । विज्ञप्तिमा न्यायपालिकाले जहिले पनि विधिको शासनको पालना गर्ने भएकोले विधिको शासनप्रति दृढतापूर्वक उभिने बताउनुभएको थियो ।

सम्बन्धित खबरहरु