काठमाडौं । भारतको मुख्य शहर दिल्लीमा पार्टिकुलेट म्याटर २.५ माइक्रोन भन्दा सानो धूँलोको प्रदूषणदर पाँच माइक्रोग्राम परमिटर क्युवसम्म भन्दा बढी भएको छ ।

भारतीय सर्वोच्च अदालतले यो वायु स्वास्थ्यका हिसावले खतरानाक भन्दै दुई दिन घरबाट काम गर्न सुझाव दिएको छ ।

यो प्रदूषित वायु नेपाल प्रवेश गर्न सक्ने भन्दै वातावरण विभागले सचेत रहन आग्रह गरेको छ ।

दिल्लीबाट वायु नेपाल प्रवेश गर्न ४८ घण्टा लाग्ने भन्दै यस अवधिमा धूवाँजन्य वस्तुहरु बाल्न नहुने र सावधानी अपनाउन अनुरोध गरेको वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताउनुभयो ।

भारतकाे उत्तरी क्षेत्रका शहरहरूकाे प्रदूषित वायु नेपालकाे तराइ क्षेत्रमा प्रवेश गर्न सक्ने भएकाेले सचेत हुन जरूरी रहेकाे बताइन्छ ।

नेपालको अवस्था सामान्य रहेको छ तर हामीले अगाडि नै सचेत हुन सकेनाैं भने समस्या हुने भएकाले सबैले वायुप्रदूषणजन्य कार्य नगर्न र नगराउन आग्रह गरेका हाैं, उहाँले भन्नुभयो ।

नेपालमा हाल तराई क्षेत्रमा वायु प्रदूषण बड्दै गएको छ भने पहाडी र हिमाली क्षेत्रको अवस्था सामान्य रहेको विभागको तथ्याङ्कले देखाएको छ ।

दिल्लीमा भएको प्रदूषणले श्वासनै फेर्न सक्ने अवस्था नहुने भन्दै अदालतले सतर्कता अपनाउन दुई दिन घरमै बस्न र सम्बन्धित निकायले वायुको प्रदूषणदर पाँचसयबाट दुईसयमा झार्न पहल थाल्न सुझाव दिएको छ ।

सम्बन्धित खबरहरु