काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको कृषि क्षेत्रमा राज्यको नीति परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।

अखिल नेपाल किसान महासंघको राष्ट्रिय समिति घोषणा कार्यक्रममा उहाँले किसानलाई ज्ञान उपलब्ध गराउने, चेतना जगाउने सीप विकास तथा कृषि ऋण उपलब्ध गराउने सम्बन्धमा राज्यको नीति परिवर्तन आवश्यक रहेको बताउनुभएको हो ।

अध्यक्ष नेपालले किसानको माग बमोजिमको विषयवस्तुमा राज्यको ध्यानाकर्षण हुनुपर्ने बताउनुहुँदै कृषि क्षेत्रमा विचौलिया र दलाल प्रवृत्ति हाबी भएको बताउनुभयो ।

कृषि क्षेत्र जनताका प्रत्येक्ष जीवनसँग जोडिएको विषय रहेको बताउनुहुदै उहाँले गरीब जनता, किसान र भूमिहीनहरु थप मारमा परेको बताउनुभयो ।

किसानको आम्दानीलाई बढाउनतर्फ जोड दिनुहुदै उहाँले देशको कृषि क्षेत्रमा मासु, फलफूल, फूल, मह कुन–कुन क्षेत्रमा आत्मनिर्भर बन्न सकिन्छ यसको पहिचान हुनुपर्ने बताउनुभयो ।

यससँगै जमिन, जंगल र वन संरक्षण हुन सके यसले पर्यावरण र मानव जीवन राम्रो र स्वस्थ हुने धारणा राख्नुभयो ।

समग्रमा, नेकपा (एस) नेपाली विशेषतासहितको क्रान्तिकारी कम्युनिष्ट पार्टीको रुपमा स्थापित गर्नुपर्ने धारणा राख्नुहुदै नेपालले सोही अनुसार जनवर्गिय संगठन तथा पार्टी विस्तार हुनुपर्नेमा जोड दिनुभएको छ ।

समानता, न्याय र जनताको समृद्धि नै नेपाली विशेषतामा आधारित समाजवादको सिद्धान्त भएको उहाँले प्रष्ट्याउनुभयो ।

सम्बन्धित खबरहरु