काठमाडौं । त्रिभुवन विश्वविद्यालय कानून संकाय डीनको कार्यालयले महत्वपूर्ण सूचना जारी गरेको छ । त्रिवि एलएल.एम. तह प्रथम सेमेष्टरमा भर्नाका लागि प्रवेश परीक्षा फारम भर्ने र परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना जारी गरिएको हो ।

त्रिविले कानून संकाय सन्तर्गतका आंगिक क्याम्पस नेपाल ल क्याम्पस तथा सम्बन्धन प्राप्त क्याम्पस नेशनल ल कलेजको दिवा समयमा सञ्चालन हुने चार सेमेष्टर एलएल.एम. तथा नेपाल ल क्याम्पसको बिहानी समयमा सञ्चालन हुने छ सेमेष्टर एलएल.एम. कार्यक्रमको शैक्षिक वर्ष २०७७÷०७८ को प्रथम सेमेष्टरमा नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षा सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु