काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले महत्वपूर्ण सूचना प्रकाशित गरेको छ ।

त्रिविले सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार सञ्चालन भएको एम.फिल गणित विषय प्रथम वर्ष प्रथम शत्र–२०७७ समूहको परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना जारी भएको हो ।

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार गणित केन्द्रीय विभाग कीर्तिपुरमा अध्ययन अध्यापन भएको एम.फिल गणित विषय प्रथम वर्ष प्रथम शत्र–२०७७ समूहको नियमित र सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षा आवेदन फारम २०७८ साल मंसिर ५ गते सम्मा बुझाउन हुने सूचना प्रकाशित गरिएको हा ।

सम्बन्धित खबरहरु