काठमाडौं । मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर मशाल खोसेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निकालेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर मशाल खोसेको हो ।

चर्को मूल्य वृद्धिको विरुद्धमा आन्दोलन गरिरहेको उक्त पार्टीले भोलि ३० कात्तिकमा नेपाल बन्द घोषणा गरेर आज मशाल जुलुस निकालेको थियो । त्यहाँको सिद्धिचरण नगरपालिका–१२ स्थित गणेशचोक नजिकैबाट सुरु भएको जुलुस प्रहरीले गणोशचोकमै रोकेको थियो ।

जानकारी अनुसार प्रहरीले रोकेपछि एक दर्जन संख्यामा रहेका आन्दोलनकारीले मशाल भुइँमा बालेर नारा जुलुस गरेका थिँए । भुइँमा बालेको मशालमा समेत प्रहरीले पानी हालेर निभएको थियो ।

आन्दोलनकारी भन्दा प्रहरीको संख्या बढी भएपछि चोकमै कोणसभा गरेर नेपाल बन्द सफल बनाउन अपिल गर्दै जुलस निकाल्नेहरू फर्केका थिए । मंगलबार नेपाल बन्द घोषणा गरेपछि सुरक्षाकर्मी सोमबार साँझदेखि नै परिचालन गरिएको छ ।

यो पनि : मूल्यवृद्धिविरुद्ध विप्लव माओवादीले घोषणा गर्यो नेपाल बन्दसहितका कार्यक्रम [वक्तव्य]

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु