फेसबुक र गुगलको आँखामा १५ वर्षीय किशोर

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १२ माघ, २०७१

क्यालिफोर्निया- फेसबुक र गुगल अहिले १५ वर्षीय किशोरसँग एउटा प्रतिस्पर्धामा छन् जसले बनाएको एउटा एप्लिकेसन ५ लाख भन्दा धेरैले डाउनलोड गरिसके। ‘इम्पोसिबल रस’ एउटा सामान्य गेम हो जसलाई बनाएका छन् विन पास्चरनकले। उनले बनाएको गेमले गुगल, ट्विटर र भाइनलाईसमेत अत्याएको छ। फेसबुकको इन्टर्नसीप विभागले उनलाई कम्पनीको हेर्डक्वार्टर क्यालिफोर्निया घुम्न निम्तो दिइसक्यो। गुगलका एक उपाध्यक्षले पनि उनलाई आफ्नो क्याम्पसमा आउन बोलाएका छन्। यसै साता गुगल र एमआइटीको प्रायोजनमा आयोजित ह्याक जेनेरेसन वाई मा उनीसँगै ४ सय ५० युवाहरु सहभागी छन्।

mainphoto

यी सहभागीले ३६ घन्टामा एक एक उत्पादन जारी गरेका थिए। ‘पास्चरनक किशोर व्यवसायी हुन जो धेरै महत्वकांक्षी छन्,’ आयोजनाको नेतृत्व लिएका मिखाइल मेतिसले भने, ‘उनको काम हेर्दा उमेर भनेको नम्बरभन्दा बढी केही होइन भन्ने स्थापित गरेको छ। उनले बनाएको आइफोन एप यति प्रभावकारी छ कि कसैले पनि त्यो एप बनाउनेको उमेर १५ वर्षको हो भनेर पत्याउदैन।’ विनसँगै अर्का किशोर अस्टिन भ्लास्की पनि यो प्रोजेक्टसँग जोडिएका छन्। ‘मेरो ठूलो उत्प्रेरणा भनेको मानिसहरु हामीले बनाएको सानो एपबाट सहज जीवनयापन गरुन भन्ने हो,’ विनले भने, ‘आफ्नो सिर्जनालाई मानिहरुले चलाइरहेको देख्नुमा जति आनन्द अरुमा आउँदैन।’ उनी अहिले एउटा एप बनाउँदैछन् – वन। यो एपमा सबै सामाजिक सञ्जालको फिडहरु एकै ठाउँमा जोड्न सकिनेछ। (दी एक्सप्रेस ट्रिव्युनको भावानुवाद )

सम्बन्धित खबरहरु

दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७