काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा एमाले पहिलो पार्टी बन्ने र सरकारको नेतृत्व गर्ने दाबी गर्नुभएको छ ।

सोमबार सहिद भूमि गाउँपालिका–३ पिप्लेडाँडामा आयोजित ४३औं सहिद स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्ष ओलीले १३ महिनापछि हुने चुनावमा एमाले पहिलो पार्टी बन्ने र सरकारको नेतृत्व गर्ने दाबी गर्नुभयो ।

उहाँका अनुसार प्रचण्ड–नेपाल भन्दा सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा इमान्दार रहेको पनि टिप्पणी गर्नुभयो । नेता थापा सोझै कांग्रेसमा प्रवेश गरेको भन्दै भन्नुभयो, ‘प्रचण्ड–नेपाल आफ्नो दुई तिहाईको सरकार ढाल्दै, पार्टी फुटाउँदै प्रधानमन्त्री बन्न देउवाको ढोका ढक्ढक्याउन गए ।’

उहाँले सूर्यबहादुर थापाका विरासत रहेका छोरा कांग्रेस प्रवेश गरेसँगै छिन्ताङ हत्याकाण्डको जिम्मा नेपाली कांग्रेसमा गएको पनि उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले माधव–प्रचण्ड कुहिएको आलु भएको भन्दै बोराबाट निकालिएपछि पार्टी सुदृढीकरण भएको बताउनुभयो ।

सम्बन्धित खबरहरु