काठमाडौं । गम्भीर अपराधमा संलग्न एकजना ईलाममा पक्राउ परेका छन् । आफ्नै दाइ ३५ वर्षीय इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सन्दकपुर गाउँपालिका–१ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखिया पक्राउ परेका हुन् ।

उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । काकाको घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य बादविवाद भएपछि चक्रले चक्कु प्रहार गरेका थिए ।

प्रहरीका अनुसार इच्छाको घटनास्थलमै मृत्यु भएको थियो । खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलाम र प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरीले चक्रलाई चक्कु सहित उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु