काठमाडौं । सिरहामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

त्यहाँको कल्याणपुर नगरपालिका–४ बैरिया बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

किशोरीले आफ्नै खेतमा एक्लै धान काटीरहेको अवस्थामा ती किशोरले जबरजस्ती करणी गरेका थिए । साथै, उनले १ थान मोबाइल, नगद ७ हजार ५ सय रुपैयाँ र ५ तोला बराबरको चाँदीको ब्रास्लेट १ थान समेत खोसी लगेको बताइएके छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु