काठमाडौं । सर्वोच्च अदालतमा आज ३३ मुद्दाको फैसला भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबारका लागि १० इजलासमा २७९ मुद्दाको पेशी तोक्नुभएको थियो ।

आज पेशी तोाकिएको २७९ मुद्दामध्ये ३३ मुद्दाको फैसला भएको छ भने १३० हेर्न नभ्याइने सूचीमा राखिएको सर्वोच्चले जनाएको छ । साथै पाँच मुद्दा स्थगित भएको छ ।

मंगलबार न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मी, प्रकाश ढुंगाना र कुमार चुँडाल तथा बमकुमार श्रेष्ठ र मनोज शर्माको इजलासमा सुनुवाइ भएको हो ।

त्यस्तै न्यायाधीश दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराई, टंकबहादुर मोक्तान र नहकुल सुवेदी, सुष्मालता माथेमा तथा हरिप्रसाद फुयालको बेन्च नबसेको सर्वोच्चले जनाएको छ ।

सम्बन्धित खबरहरु