काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आगलागी पीडितलाई राहत लिएर मुगु जानु भएको छ ।

आगलागी पीडितका लागि खाद्यान्न, लत्ताकपडा र त्रिपाल लिएर मुख्यमन्त्री शाही नेपाली सेनाको हेलिकोप्टरमार्फत् अहिले विहान मुगुको गमगढी जानु भएको हो ।

मुख्यमन्त्री शाहीले त्यहाँको अवलोकन गरेपछि र स्थानीय प्रशासनको सिफारिसमा थप राहत उपलब्ध गराइने बताउनुभएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सोमबार राति गमगढी बजारमा आगलागी हुँदा १८ वटा घर र तीन वटा घुम्ती पसलमा क्षति पुगेको हो ।

सम्बन्धित खबरहरु