काठमाडौं । शैलुङ गाउँपालिका–८ मा अवस्थित कालापानीलाई बेस क्याम्प बनाउन र पर्यटक भित्र्याउन विभिन्न संरचनाहरु निर्माण गर्न लागिएका छन् । पर्यटकहरुलाई सेवा सुविधाका लागि होटल, गोलघरलगायतका संरचनाहरु निर्माणाधीन अवस्थामा रहेका छन् ।

अझ केही सययमा नै यी संरचनाहरु सञ्चालनमा ल्याइने छन् । समुद्र सतहदेखि तीन हजार मिटरमा उचाइमा रहेको शैलुङडाँडालाई पर्यटकहरू लक्षित गरी कालापानीलाई बेस क्याम्प बनाइन लागिएको गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले बताउनुभयो ।

उहाँका अनुसार यो स्थान जिल्लाको अग्लो भू–भाग र पर्यटकीय स्थल समेत भएकाले पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । वाग्मती प्रदेसको साढे दुई करोड लगानीमा गोलघर निर्माण भइरहेको छ ।

तीन ढलानमा निर्माणाधीन गोलघरमा हलसहित १३ वटा कोठा रहेका गाउँपालिकाका सुपरभाइजर भीजन लामाले जानकारी दिनुभयो । यहाँ २० वटा होटल निर्माण हुने लक्ष्य अनुसार तीन वटा बनेर सञ्चालनमा आइसकेका छन् ।

सुपरभाइजर लामाले भन्नुभयो, ‘यहाँ सौन्दर्य समेत बनाउन ५० लाख रुपियाँमा बुद्धपार्क निर्माण हुन लागेको छ । ५७ लाख रुपियाँमा बौद्ध स्तूपा ( छोर्तेन) निर्माण भएको छ ।’ आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु