काठमाडौं । सरकारले सर्वाधिक कर तिर्नेहरुको नाम सार्वजनिक गरेको छ । आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाता घोषणा गरेको हो ।

१०औं कर दिवसको अवसर पारेर विभागले आज बुधबार उत्कृष्ट करदातालाई सम्मान गरेको हो । अर्थअन्त्री जनार्दन शर्माले उत्कृष्ट घोषणा भएका करदाताहरूलाई सम्मान गर्नुभयो ।

आर्थिक वर्ष २०७६÷७७ मा तिरेको करका आधारमा सम्मान गरिएको हो । यो आर्थिक वर्षमा व्यक्तिगत आयकर धेरै तिर्नेमा सिद्धार्थ राणा रहनु भएको छ ।

अर्कोतिर कम्पनीतर्फ सूर्य नेपाल अगाडि रहेको छ । त्यस्तै, सबैभन्दा धेरै आय कर तिर्नेमा नेपाल दुरसंचार कम्पनी लिमिटेड रहेको छ । अन्यको सूची तल हेर्न सक्नुहुन्छ

सम्बन्धित खबरहरु