काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आदालतको समस्याका अदालतभित्रैबाट समाधान हुनुपर्ने बताउनुभएको छ ।

प्रदेश २ को जनकपुर विमानस्थलमा बुधबार अध्यक्ष ‘प्रचण्ड’ले अदालतमा देखा परेका समस्याप्रति मंगलबार बसेको पाँच दलीय गठबन्धन समन्वय समितिको बैठकले गम्भीर ध्यनाकर्षण गरेको जानकारी दिनुभयो ।

महोत्तरी जिल्लाको एक कार्यक्रममा सहभागी हुन आउने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले अदालतको समस्या चाँडो भन्दा चाँडो समाधान हुने आश्वासन व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘सबै पक्षले आ–आफ्नो ठाउँबाट समस्या समाधान गर्न पहल गर्दै आफूहरुले सन्तुलित वक्तव्य समेत दिएको जानकारी दिनुभयो ।

अध्यक्ष ‘प्रचण्ड’ले ,‘अचानक स्वास्थ्यमा समस्या देखापरेपछि कात्तिक २७ गते हुने कार्यक्रम स्थगित भएकोमा दुःख समेत व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष प्रचण्डको उपस्थितिमा महोत्तरी जिल्लाको रामगोपालपुरमा आमसभा भेला, पार्टी प्रवेश तथा आठ वटा उपस्वास्थ्य चौकीको एकैसाथ उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबरहरु