काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनि लिमिटेड रहेको छ ।

बुधबार १० औं राष्ट्रिय कर दिवसको अवसरमा पारेर आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने १५ संस्थालाई आन्तरिक राजस्व विभागले सम्मानित गरेको छ ।

गत वर्ष संस्थागततर्फ सरकारी कम्पनी नेपाल टेलिकमले सर्वाधिक कर तिरेको विभागले जनाएको छ ।

त्यस्तै, व्यक्तिगततर्फ सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शम्शेर जबराले सर्वाधिक कर तिर्नुभएको छ । यसैगरी, कृषितर्फ पूर्वाञ्चल एग्रोटेक, स्वास्थ्य तथा शिक्षा सेवा क्षेत्रतर्फ नोबेल अस्पताल र पर्यटनतर्फ तारागाउँ रिजेन्सीले सर्वाधिक बढी कर तिरेको छ ।

त्यस्तै, वाणिज्य बैंकतर्फ नबिल बैंक लिमिटेड, बिमा कम्पनीतर्फ नेपाल पुनर्बिमा कम्पनी र सरकारी तथा लघु वित्ततर्फ छिमेकी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई विभागले सम्मानित गरेको छ ।

जलविद्युत्मा हिमाल पावर लिमिटेड र निर्यातमूलक उद्योगमा बढी कर तिर्नेमा डाबर नेपाल प्रालि रहेको जनाइएको छ । त्यस्तै, व्यापारतर्फ भाटभटेनी र विशेष उद्योगतर्फ एसियन पेन्ट्सलाई सबैभन्दा बढी कर तिर्ने कम्पनी रहेका छन् ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) सूर्य नेपालले तिरेको छ भने सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्नेमा घोराही सिमेन्ट इण्डष्ट्रिज लिमिटेडलाई सम्मानित गरेको छ ।

सम्बन्धित खबरहरु