काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतमले ‘घुँइचो’ मा काम गर्ने भएकी छिन् ।

 

उनले आफ्नो करिअरको दोश्रो चलचित्र साइन गरेकी हुन् । क्यानडाबाट फर्किएको केही समयपछि एलिजाले नयाँ चलचित्र साइन गरेकी हुन् ।

उनी रामजी दैलेखीको निर्माण गर्ने चलचित्र ‘घुँइचो’मा काम गर्ने पक्का भएको छ । निर्माता दैलेखी र नायिका गौतमले संझौता पत्रमा हस्ताक्षर गरेका छन् ।

आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्न लागेको यो चलचित्रले एउटा दुर्गम गाउँको यूवाको अमेरिकासम्मको यात्रा देखाउन खोजिएको छ ।

अभिनेत्री एलिजाले चलचित्र साइन गरेपछि खुशी हुँदै आफूले लामो समयदेखि यस्तै कथाको प्रतिक्षा गरिरहेको बताएकी छिन् ।

घुँइचोमा खोजे जस्तै कथा पाएपछि काम गर्न तयार भएको उनको भनाई रहेको छ । निर्माता दैलेखीले नायिका गौतमसँग संझौता भएको र अन्य कलाकार पनि चाडै फाइनल गर्ने जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु