काठमाडौं । भारतीय उद्योगपति एवं भारतीय बाबा रामदेवले नेपालमा टेलिभिजन खोल्ने भएका छन् ।

रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जानकारी दिएको छ ।

अर्कोतिर योगपीठले स्वदेशी समृद्धि कार्डको प्रारम्भ पनि गर्ने भएको छ । कार्डसहित टेलिभिजनको उद्घाटन शुक्रबार पतञ्जलीको कार्यालय बालुवाटारमा आगामी शुक्रबार गर्ने छ ।

जानकारी अनुसार उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा हुनेछ । उद्घाटन कार्यक्रममा स्वामी रामदेवसहित, आचार्य बालकृष्ण भारतीय मन्त्री नितिन गडकरीको पनि सहभागिता हुने जनाइएको छ ।

रामदेवले केही समयका लागि संस्कार र आस्था टिभी दुवैको स्वामित्व लिएका छन् । त्यसपछि आक्रामक रूपमा उनले आफ्नो मिडिया व्यवसायको दायरा विस्तार गरेका छन् । उनीसँग १० वटा हिन्दू भक्ति च्यानलहरू छन् ।

सम्बन्धित खबरहरु