काठमाडौं । पछिल्लो २४ घण्टामा ३६३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

दश हजार १०६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार ८८७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २०२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८३ पुगेको छ ।

यसैगरी देशमा हालसम्म सात हजार ६३६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख १७ हजार ६१ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबरहरु