काठमाडौं । हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ मंसिर ०२ गते (बिहिबार)
दिउँसो: प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

राती: प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भू-भागहरू आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

२०७८ मंसिर ०३ गते (शुक्रबार)
दिउँसो: सुदुर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भू-भागहरू सहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: सुदुर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भू-भागहरू सहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ मंसिर ०४ गते (शनिबार)
दिउँसो: बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु