काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भोलि जसरी पनि राजीनामा दिन भनिएको छ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई भोलि ३ बजेसम्म राजीनामा दिन समय दिएको हो ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै उहाँलाई अदालत प्रवेशमा अवरोध गर्न सर्वोच्च अदालतको गेटमा धर्ना दिइरहेको नेपाल बारले शुक्रबार ३ बजेसम्म राजीनामा दिन भनेको हो ।

त्यस्तो नभएको खन्डमा थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी पनि बारले दिएको छ । आज (बिहीबार) गरेको आकस्मिक पत्रकार सम्मेलनमा अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार ३ बजेसम्म राजीनामा नदिए थप आन्दोलन घोषणा गर्ने स्पष्ट पार्नुभयो ।

अर्कोतिर आज नै सर्वोच्च अदालतको ‘फूलकोर्ट’ले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित गरेको छ ।

प्रधानन्यायाधीश जबरा बाहेकका न्यायाधीशहरुको बिहीबार बसेको बसेर गोलाप्रथाको कार्यविधि पास गरेको हो । त्यसका लागि सर्वोच्च अदालत नियमावली पनि संशोधन गरिएको छ ।

जानकारी अनुसार यो निर्णयको प्रति मुख्य रजिस्टारमार्फत प्रधानन्यायाधीश जबरासमक्ष पठाइनेछ । उहाँले निर्णयमा हस्ताक्षर गरेपछि कानुन मन्त्रालय पठाइउने तयारी गरिएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु