काठमाडौं । सर्वोच्च अदालत रणभुमि बनेको नेपाल बार एशोसिएसनले प्रतिकृया दिएको छ । सर्वोच्च अदालतलाई युद्धमैदानजस्तो बनाइएको भन्दै नेपाल बारले आपत्ति जनाएको हो ।

बिहीबार सर्वोच्च अदालत परिसरमा एसएलआर हतियारसहितका प्रहरी राखिएको थियो । सोही विषयलाई लिएर बारले अदालतलाई युद्धमैदान बनाएको टिप्पणी गरेको हो ।

नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने आफूहरुको पूर्वनिर्धारित कार्यक्रम रहेको स्पष्ट पार्दै दंगा प्रहरी र एसएलआरसहित प्रहरी परिचालन गरेर रणभुमि बनाउन खोजेको आरोप लगाउनुभयो ।

बिहीबार आयोजित बारको आकस्मिक पत्रकार सम्मेलनमा उहाँले यस्तो कुरा उल्लेख गर्नुभयो । हतियारधारी प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई युद्ध मैदान बनाउन खोजेको उहाँको बुझाई रहेको छ ।

सम्बन्धित खबरहरु