काठमाडौं । त्रिभुवनविश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले जरुरी सूचना जारी गरेको छ । त्रिभुवनविश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा सञ्चालन गरिने ४ वर्षे वी.एफ.ए.प्रथम वर्षका (२०७७) का पुरा तथा आंशिक परीक्षादिने परीक्षार्थीहरुको निम्नकार्यक्रम अनुसार परीक्षा सञ्चालनहुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचनाप्रकाशित गरिएको छ ।

  • १. उपरोक्त परीक्षाकार्यक्रमानुसार परीक्षामाअनुपस्थितहुने परीक्षार्थीहरूकानिमित्तपुनःअर्काे व्यवस्था गरिने छैन ।
  • २. कुनै अप्रत्याशितबिदापर्न आएमापनित्रि.वि को पूर्व सूचनाविना परीक्षा स्थगित गरिने छैन ।
  • ३. परीक्षादिनुपर्ने आफ्नो कुनै विषयवापत्र परीक्षाकार्यक्रममा छुट्नवाजुध्नगएमागो.प. मा प्रकाशितभएको मितिले ७दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनुपर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षाहुनेछ ।
  • ४. प्रयोगात्मक परीक्षाकालागिआ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला ।
  • ५. परीक्षाको लागिचाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृतिलिई प्रयोग गर्नुपर्नेछ ।
  • ६. सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धितक्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथाहाजिरी अनिवार्य रुपमा यस कार्यालयमाबुझाई सक्नुपर्नेछ ।
  • ७. परीक्षाभवनभित्रमोवाइलफोन जस्ता विद्युतीय उपकरण र परीक्षामानिषेधित सामाग्रीहरू साथमालिएर प्रवेश गर्न पाइने छैन ।
  • ८. परीक्षाआवेदनफारम भर्ने सूचनाअनुसार त्रि. विअन्तर्गतकानियमहरू तथा पाठ्यक्रमले तोके बमोजिमकाविषयहरूमात्र परीक्षाआवेदनफारममा भरी आफुले परीक्षादिनुपर्ने कोर्श कुनहो सो यकिन गरेर मात्र परीक्षादिनुपर्नेछ । यसमाअन्यथाहुनगएमाक्याम्पस वाविद्यार्थी स्वयमजिम्मेवार हुनेछन ।
  • ९. कुनै पनि परीक्षार्थी दृष्टिविहीन, सुस्तमनस्थितीभएकावाहात सम्बन्धीगम्भिर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७बमोजिम सहयोगी लेखकद्वारा परीक्षादिने भएमाआधिकारीक निकायबाट दिइएको अपाङ्गता परिचयपत्रवाचिकित्सकद्वारा प्रमाणित पत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सो भन्दा घटी पूर्णाङ्कको लागिआधा घण्टा समयावधि थप गरिनेछ ।
  • १०.त्रि.वि. को निर्णयानुसार परीक्षा केन्द्र परिवर्तन सम्बन्धीप्रावधान हटाइएको छ ।

सम्बन्धित खबरहरु