काठमाडौं । हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली भई बाँकी प्रदेशहरुमा सामान्यतया बदली रहेको छ ।

नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभावका कारण देशका अधिकांश भू–भागहरुमा वदली भै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ मंसिर ०३ गते (शुक्रबार)
दिउँसो: देशका कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक देखी सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बांकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ ।

राती: देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक सामान्य बदली रहने छ।

सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको छ ।

२०७८ मंसिर ०४ गते (शनिबार)
दिउँसो: देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक देखि सामान्य बदली रहने छ।

सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको छ ।

राती: देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक देखी सामान्य बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखी मध्यम हिमपातको सम्भावान रहेको छ ।

२०७८ मंसिर ०५ गते (आईतबार)
दिउँसो: देशका पहाडी भु-भागमा सामान्य बदली रही बाँकी भू-भागहरू आंशिक बदली रहने छ। बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ ।

राती: देशका पहाडी भु-भागमा सामान्य बदली रही बाँकी भू-भागहरू आंशिक बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ ।

सम्बन्धित खबरहरु