काठमाडौं । लामो समयदेखि सर्वोच्च अदालत परिसरमा जारी आन्दोलनले उग्र रुप लिने देखिएको छ ।

कानून व्यवसयी र प्रहरीबीच घम्साघम्सी भएपछि यस्तो संकेत देखिएको हो । प्रहरीले धर्नास्थलमा कानून व्यवसयीहरूलाई प्रवेशमा रोक्न खोज्दा दुई पक्षबीच घम्साघम्सी भएको हो ।

नियमित रुपमा कानून व्यवसायीहरू धर्ना गरिरहेको समयमा सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीले घेरा हालेका हुन् । अहिले कानून व्यवसायी सोही ठाउँमा जान खोजिरहेका छन् भने प्रहरीले रोकिरहेको छ ।

अर्कोतिर सर्वोच्च अदालतमा शुक्रबारका लागि दश इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि एउटा एकलसहित नौ संयुक्त इजलास तोक्नुभएको छ । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र हरिप्रसाद फुयाल, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मी, डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल, वमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाका लागि प्रधानन्यायाधीश जबराले संयुक्त तोक्नुभएको छ । साथै न्यायाधीश नहकुल सुवेदीका लागि एकल इजलास तोकिएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु