काठमाडौं । आज करिब ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण देखिएको छ । ग्रहणहरू दर्शनीय खगोलीय घटना हुन् ।

ग्रहण हेर्न इच्छुक मानिसलाई लक्ष्य गरेर पर्यटन पनि फस्टाएको छ । मंसिर ३ गते (आज) शुक्रवार पृथ्वीबाट यो शताब्दीको सबैभन्दा लामो खण्डग्रास चन्द्रग्रहण देखिएको हो ।

विज्ञहरूका अनुसार यो ग्रहणको अवधि झन्डै साढे तीन घण्टाको हुनेछ । पाँच सय ८० वर्षपछि यति लामो अवधिको खण्डग्रास अर्थात् आंशिक चन्द्रग्रहण देखिन लागेको बताइएको छ ।

यो ग्रहण हेर्न उत्तर अमेरिकालाई उपयुक्त स्थान मानिएको छ । नासाका अनुसार दुवै अमेरिकी महादेश, पूर्वी एशिया, अस्ट्रेलिया र प्रशान्त क्षेत्रमा देखिएको छ ।

तर नेपालको आकाशमा भने यो खगोलीय घटना देखिएन् । नासाका अनुसार ग्रहण उत्कर्षमा पुग्दा चन्द्रमाको ९७ प्रतिशत व्यासमा पृथ्वीको छाया पर्नेछ ।

यसअघि यसअघि जेठ १२ गते बुधवार खग्रास चन्द्रग्रहण परेको थियो भने जेठ २७ गते क्यानडा, ग्रीनल्यान्ड र रुसबाट वलय सूर्यग्रहण पूरा देखिएको थियो ।

युरोपका अधिकांश भाग, मध्यएशिया र चीनबाट भने सूर्यग्रहण आंशिक रूपमा देखिएको थियो ।

जेठ १२ गते पूर्वी एशिया, अस्ट्रेलिया, प्रशान्त महासागरका विभिन्न क्षेत्र र अमेरिकी महादेशहरूबाट पूरै चन्द्रमामा ग्रहण लागेको देखिएको थियो ।

सम्बन्धित खबरहरु