काठमाडौं । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी झापा अर्जुनधारा नगरपालिका–५ बस्ने ६५ वर्षीय उदय पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ ।

झापा जिल्ला अदालतको २०६० माघ २१ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद र ५० रुपैयाँ जरिवाना ठहर भइ फरार रहेका उनलाई सर्वोच्च अदालत निर्देशानालयद्धारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबरहरु