काठमाडौं । काठमाडौं, रोल्पा, सप्तरी, धनुषा र मोरङका छुट्टाछुट्टै स्थानामा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-११ माईतीघर मण्डलास्थित जेब्राक्रसिङमा बागमती प्रदेश ०२ -०२४ प ६७७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार काभ्रे पाँचखाल नगरपालिका घर भएका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको माईतीघर मण्डलास्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रोल्पा, माडी गाउँपालिका-२ जलजलास्थित सडकमा दाङ घोराहीबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको ना.३ ख ५५१८ नम्बरको बस सडकबाट करिब १ सय फिट तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा गाडीमा सवार ३ जना पुरुष र १ जना महिला गरी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका बसमा सवार १९ जनामध्ये ३ जनाको प्राथमिक स्वास्थ्य केन्द्र घर्तीगाउँ, ११ जनाको जिल्ला अस्पताल र ५ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

सप्तरी, कंचनरुप नगरपालिका-८ बेरियर चोकस्थित सडकमा ना.५ ख ४६९२ नम्बरको बसले बा.४ ख ५०७९ नम्बरको हाईस गाडीलाई बिहीबार दिउँसो ठक्कर दिंदा हाईसमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोरङ बिराटनगर महानगरपालिका-८ बस्ने ४० वर्षीय बसन्त बिक्रम राणाको घटनास्थलमै र गम्भीर घाइते भएका बिराटनगर महानगरपालिका-३ बस्ने ४१ वर्षीय चुडा बाहदुर बस्नेतको उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका अन्य ३ जनाको स्थानीय धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सप्तरी, खडक नगरपालिका-६ विरपुरस्थित सडकमा स.१ त ६२५६ नम्बरको ट्याक्टरले बा.९३ प ३५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिई ट्याक्टर सडकबाट ५ मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सिरहा नरहा गाउँपालिका-३ पांडा बस्ने ६५ वर्षीया काखी यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको छिन्नमस्ता अस्पताल सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ७ जनामध्ये मोटरसाइकल चालक र ट्याक्टरमा सवार २ गरी ३ जनाको छिन्नमस्ता अस्पताल राजबिराजमा र अन्य ४ जनाको युनिभर्सल अस्पताल कल्याणपुरमा उपचार भइरहेको छ ।

हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । धनुषा, विदेह नगरपालिका-७ बेलापट्टीस्थित सडकमा जनकपुरबाट खजुरीतर्फ जाँदै गरेको ज.१ त ९६४९ नम्बरको ट्याक्टरलाई अनटेष्ट लेखिएको ट्याक्टरले ओभरटेक गर्ने क्रममा बाटोबाट अन्दाजी २ फिट तल खेतमा पल्टिएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा भारत सितामढी बेला थाना सिरसिया गाउँ बस्ने ६० वर्षीय राम दयाल राय यादव र सोही ठाउँ बस्ने ४५ वर्षीया अमृता देवी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका अन्य १८ जनामध्ये ११ जनाको सोही अस्पतालमा र ७ जनाको राम जानकी अस्पताल जनकपुरमा उपचार भइरहेको छ । घाइतेहरू मध्ये ११ जनाको अवस्था गम्भीर, ६ जना मध्यम र १ जनाको अवस्था सामान्य रहेको छ ।

ज १ त ९६४९ नम्बरको ट्याक्टर चालकलाई नियन्त्रणमा लिनुका साथै हाल फरार अनटेष्ट लेखिएको ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङ, बिराटनगर महानगरपालिका-४ स्थित सडकमा प्र.२-०२-००३ प २१८९ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक धनुषा जनकपुर नगरपालिका-३ बस्ने २७ वर्षीय निखिल पन्जियारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलामा सवार सोही ठाउँ बस्ने २८ वर्षीय राम प्रताभ साहको नोवेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु