काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले परीक्षा बोर्ड चुस्त दुरुस्त बनाउन निर्देशन दिनुभएको छ ।

शुक्रबार अनुगमन गर्न सानोठिमी पुग्नुभएका मन्त्री पौडेलले परीक्षा अगाबै प्रश्नपत्र परीक्षा बाहिरिने गरेको गुनासो आएको भन्दै सम्वेदनशील बन्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

‘परीक्षा हुनुअगाबै प्रश्नपत्र बाहिरिने गुनासो छ’ उहाँले भन्नुभयो ‘यदि त्यस्तो हो भने राष्ट्रसेवक कर्मचारी सम्वेदनशील हुनुस् ।’

परीक्षा बोर्डमा भएका समस्याको टिपोर्ट गरी समाधानको उपायसहित मन्त्रालयमा आउन मन्त्रीले कर्मचारीलाई निर्देशन दिनुभयो ।

‘जनशक्ति, भौतिक पूर्वाधार निर्माण र कमजोर आईटी पूर्वाधारलगायत समस्या छन्,’ मन्त्री पौडेलले भन्नुभयो ‘यी समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा पनि ल्याउनुृस्, छलफल गरेर समाधान गरौं ।’

कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई भएको बताउँदै मन्त्रीले प्राविधिक कुरा मिलाएर नतिजा प्रकाशनमा गम्भीर बन्न निर्देशन दिनुभयो ।

उहाँले समन्वय गरी जनताले देखिने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देश गर्नुभयो । जनक शिक्षा सामग्री केन्द्रलाई समयमै विद्यार्थीको हातमा किताब पुर्याउन निर्देशन पनि दिनुभएको छ ।

सम्बन्धित खबरहरु