काठमाडौं । सर्वोच्च अदालतमा आज ४५ वटा मुद्दामा फैसला भएको छ । शुक्रबारका लागि प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराले दश इजलासमा २२२ मुद्दाको पेशी तोक्नुभएको थियो ।

त्यसमध्ये ४५ मुद्दामा फैसला भएको छ भने १७१ मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको सर्वोच्चले जनाएको छ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र हरिप्रसाद फुयाल, विश्वम्भरप्रसाद श्रेष्ठ र टङ्कबहादुर मोक्तान, डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मी, डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल, वमकुमार श्रेष्ठ र डा.मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाका लागि प्रधानन्यायाधीश जबराले संयुक्त तोक्नुभएको थियो । साथै न्यायाधीश नहकुल सुवेदीका लागि एकल इजलास तोकिएको थियो ।

तर, न्यायाधीश सुवेदीको एकल इजलासमा बेन्च नबसेको सर्वोच्चले जनाएको छ । सुवेदीको एकल इजलासमा छ मुद्दाको पेशी तोकिएको थियो । प्रधानन्यायाधीश जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबैखाले मुद्दाको पेशी तोक्नुभएको थियो ।

सम्बन्धित खबरहरु