काठमाडौं । बाजुराको बूढीगङ्गा नगरपालिकाको बूढीगङगा नदी किनारमा एउटा चितुवा मृत अवस्थामा फेला परेको छ । बुढीगङ्गा नगरपालिका पुल नजिकै नदीको किनारमा सो चितुवा मृत अवस्थामा भेटिएको हो ।

खोलाको किनारमा सुतिरहेको अवस्थामा चितुवा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गर्दा घटनास्थलमा गएका प्रहरी, स्थानीय र जिल्ला वन कार्यालयको टोलीले मृत अवस्थामा चितुवा भेटिएको जनाएको छ ।

मृत अवस्थामा भेटिएको सो चितुवालाई अहिले पोष्टमार्टमका लागि मार्तडी लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । चितुवा कसरी मरेको हो भन्नेबारे अझै केही जानकारी नआएको जिल्ला बन कार्यालय बाजुराले जनाएको छ ।

चितुवालाई पासो हालेर वा कसैले औषधी खुवाएर मारेको हो कि त्यसको रिपोर्ट चेकजाँच पश्चात मात्र भन्न सकिने जिल्ला बन कार्यालयका सुचना अधिकारी राजन कुँवरले बताउनुभयो ।

स्थानीयको भनाईअनुसार दिउँसो १२ बजेसम्म सो चितुवा हलचल गरिरहेको र दिउँसो २ बजेपछि साँस फेर्न छोडेको हो । चितुवालाई अहिले पोष्टमाटमका लागि जिल्ला बन कार्यालय ल्याइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चर्तुभूज ओझाले बताउनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु