काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वार्ताका लागि आह्वान गर्दै नेपाल बार एशोसिएशनलाई पत्र पठाउनुभएको छ ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई जबराले शुक्रबारउक्त पत्र पठाउनुभएको हो । बारको कार्यसमिति बैठकमा पत्रबारे जानकारी समेत गराइएको छ ।

बार महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीशको पत्र आए पनि त्यसको कुनै औचित्य नभएको बताउनुभयो ।

पौडेलले भन्नुभयो, ‘‘पत्र आएको छ । बैठकमा यसबारे जानकारी पनि गराइएको छ ।

तर, उहाँलाई हामीले प्रधानन्यायाधीश नै मानेका छैनौँ, यो पत्रको कुनै औचित्य छैन । हाम्रो आन्दोलन रोकिन्न । बटमलाइन भनेको राजीनामा नै हो ।’’

पत्रमा जबराले न्यायालयको शुद्धीकरण अभियानका लागि आफू तत्पर रहेको जानकारी दिनुभएको छ ।

उहाँले वार्ता र संवादबाट मात्र समस्याका निकास निस्कने भन्दै वार्ताका लागि बारलाई आह्वान गर्नुभएको हो ।

यसअघि पनि जबराले वक्तव्य जारी गरेर वार्ताका लागि आह्वान गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु