काठमाडौं । अमेरिकाको शक्ति केही समयका लागि उपराष्ट्रपति कमला ह्यारिससँग रहने भएको छ । रोयटर्सका अनुसार राष्ट्रपति जो बाइडेनले वार्षिक कोलोनोस्कोपीका लागि एनेस्थेसिया दिने कार्यक्रम छ ।

अमेरिकी उप–राष्ट्रपति कमला ह्यारिस राष्ट्रपति जो बाइडेनको वार्षिक स्वास्थ्य परीक्षणको क्रममा संक्षिप्त रूपमा राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला हुनेछिन् ।

राष्ट्रपति बाइडेनले ह्यारिसलाई शुक्रबार नियमित कोलोनोस्कोपीको लागि एनेस्थेसिया अन्तर्गत राखिएको अवधिको लागि शक्ति हस्तान्तरण गर्ने भएका हुन् ।

राष्ट्रपतिको रूपमा बाइडेनको यो पहिलो चिकित्सा परीक्षण हुनेछ । परीक्षण उनको ७९औं जन्मदिनको पूर्वसन्ध्यामा हुँदैछ । ह्यारिसले अस्थायी रूपमा अमेरिकी सेना र आणविक हतियारहरूको नियन्त्रण लिनेछिन् ।

ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले एक विज्ञप्तिमार्फत यो जानकारी दिएका हुन् । ५७ वर्षीया ह्यारिस अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला हुन् ।

सम्बन्धित खबरहरु