काठमाडौं । उदयपुरमा प्रहरीको गाडी दुर्घटना हुँदा आधा दर्जन बढी घाइते भएका छन् । उदयपुरको कटारीबाट गाइघाटतर्फ आउँदै गरेको प्रहरीको गाडी शुक्रबार राती ९ बजेतिर दुर्घटनामा परेको हो ।

सो दुर्घटना हुँदा आधा दर्जनभन्दा बढी प्रहरी घाइते भएका हुन् । गस्ती गरेर फर्कँदै गरेको जिल्ला प्रहरी कार्यालयको बा १ ग २१६८ नम्बरको ट्रक मदन भण्डारी लोक मार्गको उदयपुरगढी गाउँपालिका–७ अँध्यरीमा दुर्घटना भएको जानकारी दिइएको छ ।

दुर्घटनामा घाइते भएका ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले बताउनुभयो ।

गम्भीर घाइते भएकालाई उपचार गर्न जिल्लाबाहिर पठाइएको छ भने अन्यको उपचार जिल्ला अस्पतालमा नै भइरहेको छ । २४ जना प्रहरी बोकेर आएको उक्त ट्रक ओरालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको थियो ।

सम्बन्धित खबरहरु