काठमाडौं । नेपालको चर्चित रियालिटि टिभी शो ‘सा रे ग म प’ को पहिलो सेसन जारी छ । लिल च्याम्पिन रियालिटी शोमा देशभरबाट धेरै बाल कलाकार आएका छन् । यो भिडमा बझाङकी परिधि परियारले पनि सबैको मन जित्न सफल भएकी छिन् ।

बझाङको दुर्गम गाउँमा जन्मेर मामा घर उदयपुरमा हुर्केकी उनलाई सहयोग गर्नेहरु पनि अगाडि आउँदैछन् । चर्चित युट्यबर तथा व्यवसायी सोनिका रोकाया पनि परियारको फ्यान भएकी हुन् ।

१३ बर्षको उमेरमा राम्रो कला र गला भएको भन्दै कोचहरु पनि भावुक हुने गरेका छन् । परिधिले ‘सानु माया’ लगायत धेरै गीत गाएकी छिन् । निर्णायकको कुर्सीमा विराजमान कालीप्रसाद बाँस्कोटा, इन्दिरा जोशी र न्यु बजाराचार्य पनि अच्चममा परेका थिए ।

थप सफलताका लागि परियारलाई दर्शक/श्रोताहरुको साथ चाहिएको छ । त्यसका लागि म्यासेज बक्समा गई SGMP <space> 10 लेखेर ३३००१ मा पठाउनुपर्छ । भोटमा लागि अन्तिम समय सोमबार साँझ सम्म मात्रै रहेको छ ।

तपाईंलाई जानकारी गराउ यो रियालिटि शो हप्तामा दुई पटक शुक्रवार र शनिवार राती ९ बजे ग्यालेक्सी ४ के र डोको यूट्यूब च्यानलबाट प्रसारण हुँदै आएको छ ।

सम्बन्धित खबरहरु