काठमाडौ । एमाले उपाध्यक्ष भीम रावलले अहिलेको सरकार भारतको गुलामीमा लागि परेको आरोप लगाउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आमसञ्चारमा कानुनले रोकेको विदेश लगानीको टिभी उद्घाटन गर्न दिएर देशको कानुनको उल्लंघन गरेको र भारतको चाकडी गरेको रावलको छ ।

उहाँले प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भारतीय योगगुरूलाई टिभी उद्घाटन गर्न दिएर विदेशीको चाकडी गरेको आरोप लगाउनुभएको थियो ।

शनिबार ट्वीटरमा लेख्दै रावलले भन्नुभएको छ , ‘प्रम देउवा,प्रचण्ड र माधव नेपालले कानुनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टिभी भारतीय योगगुरूलाई सञ्चालन गर्न दिन त्यसको उद्घाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानुनको निर्लज्ज उल्लंघन हो।’ उहाँले ‘यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसिसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गर्छन्’ भन्नुभएको छ ।

पतञ्जली आयुर्वेदका लगानीकर्ता तथा योगगुरू रामदेव, पतञ्जलीका अध्यक्ष आचार्य बालकृष्णले शुक्रबार काठमाडौंमा आस्था नेपाल र पतञ्जली नेपाल टिभी सञ्चालनमा ल्याउनुभएको छ ।

https://twitter.com/BhimRawal179/status/1462041941034422279

दुबै टिभीको उद्घाटन मण्डिखाटारस्थित पतञ्जलीको आश्रममा प्रधानमन्त्री देउवाले गर्नुभएको थियो ।

प्रचलित कानुनविपरीत अनुमतिबेगर नै सञ्चालनमा ल्याइएका विदेशी लगानीका दुई टिभी उद्घाटन गरेको भन्दै देउवाको आलोचना भइरहेको छ।

 

सम्बन्धित खबरहरु